About Immigration Office, TIA

१.पृष्ठभूमि

नेपाल भित्र विदेशीहरुको प्रवेश, उपस्थिती र प्रस्थानलाई व्यवस्थित, नियमित एवं नियन्त्रण गर्न तथा नेपाली नागरिकहरुको आगमन तथा प्रस्थानलाई व्यवस्थित गर्ने उद्देश्यले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर, काठमाण्डौको स्थापना वि.सं. २०४६ सालमा भएको हो । यो कार्यालयले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ तथा मन्त्रालय, विभागबाट बेला–बेलामा जारी भएका परिपत्रहरुको अधिनमा रही कार्य सञ्चालन गरिरहेको छ ।

अध्यागमन कार्यालयलाई व्यवस्थित गर्न अध्यागमन ऐन, नियम, कार्यविधि, विभागिय परिपत्रहरु र मूल्य मान्यताको परिधिभित्र रहेर यस कार्यालयले आफूलाई तोकिए बमोजिमको कार्यसम्पादन गरिरहेको छ । नेपालको अध्यागमन व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दक्ष, प्रभावकारी तथा सेवाग्राही मैत्री बनाई नेपालको छवि अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न यस कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ ।

त्रिभुवन विमानस्थल नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल हो । हवाईमार्ग हुँदै नेपाल प्रवेश गर्ने एक मात्र नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएकोले यस नाकाबाट आवतजावत गर्ने स्वदेशी तथा विदेशी यात्रुहरुले लिई आउने राहदानी÷यात्रा अनुमति पत्र, भिसा चेक जाँच गरी आगमन तथा प्रस्थान अनुमति दिने र विदेशीहरुलाई कानूनले तोके बमोजिमको भिसा प्रदान गर्ने मुख्य जिम्मेवारी यस अध्यागमन कार्यालयको हो । यो नाकाबाट मात्र नेपालको करिव ९० प्रतिशत यात्रुहरुको आवागमन हुने गर्दछ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २००९ देखि २०१४ सम्मको तथ्यांकलाई विश्लेषण गर्दा प्रतिवर्ष करिव १० प्रतिशतको दरले यात्रुहरुको आवागमनमा बृद्धि हुने गरेको पाइन्छ । यसैगरी सोही अवधिमा राजस्व समेत उल्लेख्य रुपमा बृद्धि भई सन् २०१४ (आ.व. २०७१।७२) मा करिव १ अर्ब १४ करोड संकलन भएको थियो । यो विमानस्थलको उपयोग गरेर दैनिक औषत ८,००० मानिसको आवगमन भइ रहेको छ । यो विमानस्थलले दैनिक करिव चार दर्जन अन्तर्राष्ट्रिय उडानहरुको व्यवस्थापन गरिरहेको छ ।

 

२. कार्यक्षेत्र

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ अनुसार विदेशीको नेपाल प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित र नियन्त्रण गर्न तथा नेपाली नागरिकको आगमन र प्रस्थान ब्यवस्थित गर्नको लागि देहाय बमोजिमको कार्य गर्दछ ।

क) अध्यागमन कार्यालय, त्रि.अ.वि. बाट बाहिर जानेको लागि प्रस्थान अनुमति दिने र सोको अभिलेखन गर्ने ।

ख) अध्यागमन कार्यालय, त्रि.अ.वि. भएर नेपाल भित्र आउनेको लागि आगमन प्रमाणित गरी दिने र सोको अभिलेखन गर्ने ।

ग) विदेशीहरुको लागि नेपालको पर्यटक प्रवेशाज्ञा जारी गर्ने र सोको अभिलेखन गर्ने ।

घ) भिसा शुल्क वापतको राजस्व संकलन गर्ने ।

ङ) यात्रुसँग सम्बन्धित कागजातको बैधताको परीक्षण गर्ने ।

च) अध्यागमन अपराध गर्नेहरुलाई नियन्त्रणमा लिई कारवाहीको लागि अध्यागमन विभागमा पठाउने ।

छ) प्रवेश निषेध गर्ने र प्रवेश निषेध भई आएका व्यक्तिहरुको व्यवस्थापन गर्ने ।

ज) नेपालवाट डिपोर्ट भएकालाई प्रस्थान गराउने र विदेशवाट डिपोर्ट भै आएका नेपालीहरुलाई पहिचान गरी स्वीकार गर्ने ।

झ) भिसा नियमित गर्ने ।

ञ) कालो सूचीको व्यवस्थापन गर्ने । 

ट) अन्य अध्यागमन सम्बन्धी काम गर्ने ।  

 

३.संगठन र जनशक्ति

अध्यागमन कानुनले निर्दिष्ट गरे अनुसारको कार्यसम्पादनको लागि यस कार्यालयमा राजपत्राकिंत प्रथम श्रेणीको कार्यालय प्रमुख समेत गरी १७१ जना विभिन्न तहका कर्मचारीहरुको दरवन्दी रहेका छ । सम्पूर्ण पदपुर्ती हुन नसकी हाल १२३ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयले वायु सेवाको उडान अनुसार कार्यसम्पादनलाई समायोजन गर्न विहान ६ वजे अगाडि देखि दिनको २ वजे पछाडिसम्म एक सिफ्ट र दिउसो २ वजे अगाडिदेखि रात्री १२ बजे वा उडान समाप्त नहुँदासम्मको लागि अर्को सिफ्ट गरी दुई सिफ्ट गरेर कर्मचारी परिचालनको कार्य गरी रहेको छ । सो अवधि कहिलेकाहीँ विहान अर्को सिफ्ट शुरु हुने अवस्था सम्म हुने हुन्छ । भैपरी तथा आकस्मिक अवस्थामा २४ सै घण्टा (सार्क÷भूकम्प) सेवा दिनु पर्ने हुन्छ ।

 ४.    सेवा प्रवाह व्यवस्थापन

  • सेवा संचालन २ (दुई) सिफ्टमा सञ्चालन हुने गरेकोमा हरेक आईतवार देखि शनिवारसम्मका  लागि आलोपालो हुने गरी बिहानी र अपरान्ह सिफ्ट संचालनमा ल्याइएको छ ।
  • विहानी सिफ्ट संचालन समयः ५.३० देखी २.०० बजेसम्म  बेलुकी सिफ्ट संचालन समयः १.३० देखी रात्रीको १२.३० फ्लाईट Delay/Watch Extension हुँदा रात्रीको २.३० सम्म हुने गरेको छ ।
  • सुशासन कायम गर्न गरिएका व्यवस्थाहरु ई–हजिरी (Electronic Attendance) ई–डिउटी (Electronic Duty) व्यवस्थापन, Online visa application को शुरुवात Immi software को प्रयोग CCTV camera को प्रयोग सुझाव पेटीका, हटलाइन सेवा, मासिक बैठक तथा २–२ महिनामा Random method बाट समूह बिभाजन, गुनासो व्यवस्थापन तथा सूचना अधिकारीको व्यवस्था  राजश्व संकलन (Visa Fee) राष्ट्रिय वाणिज्य बैंकबाट मात्र गरिने लगायतका व्यवस्था गरिएको छ ।
  • Iraq, Afganistan, Palestine, Nigeria, Ghana, Swaziland, Zimbabwe, Cameroon, Ethiopia, Liberia, Somalia र Syria गरी १२ राष्ट्रहरु बाहेक अन्य सबै राष्ट्रका नागरिकहरुले On Arrival Visa प्राप्त गर्ने व्यवस्था छ ।
  • Arrival र Departure मा गरी जम्मा ३७ वटा काउन्टरहरु मार्फत् कार्य सम्पादन भैरहेको छ ।

Arrival Counter

  • On Arrival Visa Issue : 9
  • On Arrival  SAARC/Gratis : 3
  • Official/Diplomatic : 2
  • With Visa : 2
  • General Counter : 6
  • Standby Backup Counter: 1
  • Arrival Officer : 1
  • Arrival Staff : 1

Lead by Senior Immigration Officer

Total Counters in Operation:- 25

Departure Counter

  • Computer and Equipment are placed in all counters
    • Official/Diplomatic : 1
    • Foreigner : 2
    • Visit/student Nepalese : 4
    • Foreign Employment Counter:8
    • Duty Officer : 1
    • Duty Staff : 1

lead by Senior Immigration Officer

17 Duty opened everyday

Total Counters in Operation-15

 

यस कार्यालयले प्रचलित कानून बमोजिम देहायमा उल्लेखित प्रवेशाज्ञा समेत जारी गर्ने गरिएको छ ।

S.No.

Visa Types

Issuing Authorities

Days

Visa Fee

1.

Diplomatic

Immigration Officer

30 Days

Gratis

2.

Official

Immigration Officer

30 Days

Gratis

3.

Tourist

Immigration Officer

15 Days

30 Days

90 Days

$ 25

$ 40

$ 100

4.

Transit

Immigration Officer

24 hours

$ 5

 

Location: Tribhuvan International Airport, Gauchar, Kathmandu

Tel : 977 – 1 – 4113045

Fax : 977 – 1 – 4113090

Email : immitiaktm@moha.gov.np

Web : http://www.tia.nepalimmigration.gov.np